१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

निर्वाचन आयोग जसपाका दुबै पक्षसँग छलफल गर्दै

प्रकाशित मिति :  २२ असार २०७८, मंगलवार ०५:५३


काठमाडाैं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुबै पक्षसँग आज छलफल गर्दैछ ।

निर्वाचन आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई सहमतिका लागि छलफल गर्न भन्दै आज कार्यालयमा बाेलाएकाे हाे । दुबै पक्षलाई बिहान ११ बजे छलफलका लागि बाेलाइएकाे आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनराइज खबरलाई जानकारी दिनुभयाे ।

उहाँका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुबै पक्षलाई छलफलका लागि बाेलाइएकाे हाे । आयाेगले असार १५ गते नै सार्वजनिक सूचना निकालेर दुवै पक्षका ५-५ जनालाई आयोगको कार्यालयमा आउन भनेकाे थियाे ।

ठाकुर र यादव पक्षबीच अहिले तीब्र विवाद छ । महन्थ र उपेन्द्र पक्षबीच आधिकारिकताको विवाद छ । दुबै पक्षले एक अर्कालाई कारबाही गरेपछि विवाद अझ चुलिएकाे छ । साे विवाद आयाेगमा पुगेकाे हाे । ठाकुर पक्षले सरकारलाई साथ दिएपछि यादव पक्षले कडा विराेध गरेकाे छ । सरकारलाई साथ दिएकै कारण महन्थ पक्षलाई उपेन्द्र पक्षले पेलेर जान खाेजेकाे छ ।

उपेन्द्र पक्षले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । उपेन्द्र पक्षकाे निवेदनपछि आयोगले महन्थ पक्षलाई १५ दिनभित्र जवाफ दिन सूचना जारी गरेकाे थियाे । महन्थ पक्षले एक सातामै जवाफ दिएपछि कानुनी व्यवस्था अनुसार आयाेगले आज सहमतिका लागि दुबै पक्षलाई बोलाइएको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !