१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नारायणकाजीकाे आक्राेश: बाेल्ने समय थाेरै भाे

प्रकाशित मिति :  २१ असार २०७८, सोमबार १०:२४


काठमाडाैं । माओवादी केन्द्रका सांसद् नारायणकाजी श्रेष्ठकाे निरकुंशता र प्रतिगमनकाे छिटा राष्ट्रिय सभामा आउन थालेकाे छ ।

साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा चाहेजति बाेल्न नपाएकाे भन्दै आक्राेश व्यक्त गर्दै सांसद् श्रेष्ठले त्यसाे भन्नुभएकाे हाे । ‘मैले यही राष्ट्रिय सभामा आधा घण्टा बाेलेकाे छु, तर आज २० मिनेट समय हुँदाहुँदै नदिने भनेर ह्वीप जारी गरियाे १५ मिनेटकाे रुपमा, पार्टीहरुले समझदारी गर्नुपर्दैन ? पहिलाकाे परम्परालाई हेर्नुपर्दैन ? त्यसकारण कुण्ठित गर्ने दिशातिर गइँदैछ, याे कुनै पनि कारणले उचित हुँदैन यसमा म आपत्ति प्रकट गर्छु ।’

अधिकांश समय प्रधानमन्त्री केपी शर्मा ओलीकाे विराेधमा खर्चनुभएका नारायणकाजीले राष्ट्रवादका कुरा पनि गर्नुभयाे । राष्ट्रियताकाे रक्षा संविधान कार्यान्वयन लगायत कार्यभार जनताले दिएपनि सबै कुरा केपी ओली धवस्त पार्नुभएकाे आराेप लगाउनुभयाे । ‘केपी ओलीले संविधानकाे नांगाे उल्लघंन गर्नुभयाे,लाेकतन्त्रकाे धज्जी उडाउनुभयाे,पूरै अध्यादेशकाे शासन चलाएर निरकुंशतन्त्र चलाउनुभयाे, देशलाई भ्रष्टाचारकाे दलदलमा फ्याँक्नुभयाे, देशलाई बर्बाद पार्ने दिशातिर जानुभयाे’-नारायणकाजीकाे आराेप छ ।

प्रधानमन्त्रीले यसाे गर्नुभएकाे कारणसहितकाे आराेप पनि नारायणकाजीले लगाउनुभयाे । ‘लाेकतान्त्रिक चिन्तनकाे विरुद्ध उहाँ आत्मकेन्द्रित चिन्तन र संस्कृतिकाे सिकार हुुनभयाे,आफ्नाे व्यक्तिगत महत्वकांक्षा,स्वार्थका निम्ति संविधानलाई ध्वंश पार्ने दिशातिर उद्धत हुनुभयाे’- श्रेष्ठले भन्नुभयाे ।

ओलीका कारण आन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको आरोप पनि नारायणकाजीले लगाउनुभयाे । ‘विदेशी हस्तक्षेप स्वीकार गर्ने मात्र होइन, आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पुर्‍याउनु भएको छ, यो क्षम्य छैन, उहाँले राष्ट्रियताको विषयमा जुन प्रकारको चर्चा थियो, त्यो धोका थियो र अहिले उहाँ आत्मसमर्पणवाद र लम्पसारवादमा पुगिसक्नु भएको छ भन्ने प्रष्ट भयो’- नारायणकाजीकाे आराेप छ ।

संविधानको मर्म विपरित गएर काम चलाउ सरकारद्वारा प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक  भएकाे भन्दै उहाँले अब अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्नैपर्ने बताउनुभयाे । राष्ट्रपतिले आफूखुसी प्रधानमन्त्री बनाउन नमिल्ने आराेप लगाउँदै नारायणकाजीले भन्नुभयाे – ‘राष्ट्रपतिले जो मन लाग्यो उसैलाई प्रधानमन्त्री बनाउन मिल्दैन, राष्ट्रपति र प्रधानमन्त्रीले आफूखुशी काम गरिरहनुभएकाे छ याे राम्राे हाेइन ।’

संविधान मारेर निर्वाचन गर्नु न्यायपूर्ण नहुने दाबी गर्दै नारायणकाजीले भन्नुभयाे – ‘निर्वाचन,vनिर्वाचन मात्र भनेर हुन्छ ? के निर्वाचन लोकतन्त्र हो ? संविधानलाई मार्न निर्वाचनको कुरा गरिन्छ भने त्यो निर्वाचन हुँदै हाेइन ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !