१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारकाे विराेध स्वरुप म कालाे क्याप लगाएर सदनकाे बैठकमा उपस्थित भएकाे हुँ-रमेशजंग रायमामाझी

प्रकाशित मिति :  २१ असार २०७८, सोमबार ०९:२५


काठमाडाैं । केपी शर्मा ओलीलाई असफल प्रधानमन्त्री घाेषणा गरिदिए हुने सांसद् रमेशजंग रायमामाझीले लगाउनु भएकाे छ ।

राष्ट्रिय सभाकाे विषेश समयमा बाेल्दै कांग्रेस सांसद् रायमाझीले दाेस्राे पटक प्रतिनिधि सभा विघटन गरेका कारण प्रधानमन्त्री ओलीकाे उचाइ घटेकाे आराेप लगाउनुभयाे ।

मध्यराति मन्त्रिपरिषद् बैठक राखेर प्रधानमन्त्री ओली मध्यराति नै राष्ट्रपतिकाे ढाेका ढकढकाउन जानुभएकाे आराेप रायमाझीले लगाउनुभयाे । ओलीकै कारण दोस्रो पटक प्रतनिधि सभा विघटन हुँदा सारा संसार हाँसिरहेको रायमाझीले बताउनुभयाे । ‘केपी  ओली राजनीतिक, आर्थिक र नैतिक रुपमा असफल भइसक्नुभयाे, नैतिक रुपमा त केपी ओलीको कुरै नगरौँ, प्रधानमन्त्रीले नैतिकता गुमाइसक्नुभयाे, आर्थिक रुपमा भ्रष्टाचार व्यापक छ।’

आफूले प्रचण्डसँग मिल्दा प्रचण्डपथ नहुने तर गठबन्धनमा मिल्याे भनेर कांग्रेसलाई प्रचण्डपथ लाग्याे भनेर आराेप लगाइएकाे रायमाझीले बताउनुभयाे । प्रधानमन्त्री ओलीले संविधान मिच्नुभएकाे आराेप पनि रायमाझीले बताउनुभयाे । यसविरुद्ध कालाे भण्डा बाेकेर सडक आन्दाेलन गर्नुपर्ने भएपनि विपक्षी गठबन्धनकाे सुझबुझका कारण काेराेना नफैलियाेस् भनेर सडकमा नगएकाे बताउनुभयाे ।

सरकारकाे विराेध स्वरुप आफू कालाे क्याप लगाएर सदनकाे बैठकमा उपस्थित भएकाे बताउँदै रायमाझीले भन्नुभयाे -‘सदनमा कालाे झण्डा देखाउने अवस्था नभएकाे कारणले प्रधानमन्त्रीकाे कदमकाे विरुद्धमा मुलुकले थाहा पाहाेस् भनेर विराेध स्वरुप कालाे झण्डाका रुपमा कालाे टाेपी लगाएर आएकाे छु ।’  सरकार र प्रतिनिधि सभा विघटनकाे विरुद्धमा सांकेतिक रुपमा कालाे क्याप लगाएर आफू प्रस्तुत भएकाे रायमाझीले बताउनुभयाे । रायमाझी सुटदेखि टोपीसम्म कालो नै पहिरिएर बैठकमा सहभागी हुनुभएकाे थियाे ।

प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत सरकार चलाउन खाेज्नुभएकाे आराेप पनि सांसद् रायमाझीले लगाउनुभयाे । कोभिडविरुद्धको भ्याक्सिन खरिदमा पनि गडबड गरिएको बताउँदै रायमाझीले भन्नुभयाे – ‘चीनबाट ल्याउन लागिएको भ्याक्सिनको मूल्य १४ डलर भनिँदैछ। हिजो मात्रै तत्कालीन स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले ४ डलरमा किन्ने भन्नुभएकाे थियाे, आज कसरी १४ डलर भयो?’

सांसद् रायमाझीले भारतीय गुप्तचर संस्थामा सामन्त गोयल बालुवाटार छिरेपछि चुच्चे नक्सा हराएकाे बताउँदै रायमाझीले भन्नुभयाे – ‘जब सामन्त गाेयल बालुवाटार छिरे तब चुच्चे नक्सा हरायो, कहाँ हरायो आज ? हामीलाई त्यो चुच्चे नक्सा चाहियो ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !