२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओलीलाई दुर्गा प्रसाईंकाे सात बुँदे पत्र (पूर्णपाठ)

प्रकाशित मिति :  १९ असार २०७८, शनिबार ११:०८


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाकाे बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पत्र लेख्नुभएकाे छ ।

प्रसाईंले आफ्नो मेडिकल कलेजलाई अनुमति दिन, खरिद गरेर सरकार आफैंले चलाउन अथवा बन्द गर्नका लागि निर्देशन दिन माग गर्दै प्रधानमन्त्री ओलीलाई प्रसाईंले ७ बुँदे पत्र लेख्नुभएकाे हाे । बीएण्डसी मेडिकल कलेज मेचीबासीको धरोहरको रुपमा रहेको प्रसाईंले उल्लेख गर्नुभएकाे छ ।

उक्त संस्थालाई ध्वस्त र तहसनहस पार्न खोजिएकाले सरकारको तर्फबाट उचित निर्णय गर्न प्रसाईंले माग गर्नुभएकाे छ । आफ्नो मेडिकल कलेजले सम्पूर्ण मापदण्ड पूरा गरेर सम्बन्धनको सिफारिस शुल्क समेत बुझाइसकेको उल्लेख गर्दै उहाँले विभिन्न बहानाबाजी गर्ने, काम पन्छाउने, धम्की दिने र झुक्याउने काम भएको लेख्नुभएकाे छ ।

चिकित्सा शिक्षा आयोगको मिति ०७८ जेठ २८ को निर्णय कार्यान्वयन नगर्ने नगराउन उपाध्यक्ष श्रीकृष्ण गिरिले चलखेल गरिरहनुभएकाे प्रसाईंकाे आराेप छ । गिरिले प्रधानमन्त्री र शिक्षा मन्त्री समेतालाई झुठाे आराे लगाउनुभएकाे प्रसाईंले उल्लेख गर्नुभएकाे छ ।

‘प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई अनावश्यक आरोप र आक्षेप लगाई आफू बालुवाटारमा ६ घण्टा सम्म वन्धक बनाइएको, जिउ ज्यान नै जोखिममा परेको, आफुलाई धाक धम्की दिएको, वल्ल तल्ल वाँचेर आएको, प्रधान मन्त्री र मन्त्रीहरु गुण्डा हुन र बालुवाटार भनेको अपराधीहरुको गिरोह बस्ने घर जस्तो आरोप लगाई मिडियावाजी गराई कथित नागरीक समाज हूँ भन्ने आफु काम नगर्ने अर्काको उछितो काड्ने जम्मा भट्टिमा बसि सिगरेट र रक्सी खाई पत्रपत्रिकामा यो र त्यो भनि नेगेटिभ मात्रै देख्ने र त्यही कुरा मात्रै लेख्ने काम मात्रै गर्ने पूर्वलाई पश्चिम देख्ने कथित नागरिक समाजका नाममा वक्तव्यवाजी समेत गराउनु भ्याउनुभयो’ – पत्रमा लेखिएकाे छ ।

गिरीका काम कारबाही राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ अनुकूल नभएका प्रसाईंकाे ठहर छ । ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को कार्यान्वयनमा अवरोध खडा गर्ने कार्य निरन्तर गरिरहनुभएको छ, निजलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा २२ को ४ अनुसार स्पष्टिकरण सोधी निज उपर कारवाही अगाडि बढाउन सम्माननीय प्रधानमन्त्री समक्ष अनुरोध गर्दछु’- प्रसाईंले लेख्नुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !