२९ भाद्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिड महामारीबीच पनि विकासकाे काम अगाडि बढिरहेकाे छ- प्रधानमन्त्री ओली

प्रकाशित मिति :  १९ असार २०७८, शनिबार ०८:१६


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाैतर्फी विकासकाे अभियान अगाडि बढाएकाे बताउनु भएकाे छ ।

समुन्द्रटार त्रिशुली-३ बी हब १३२ के.भी प्रसारण लाइन र सबस्टेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भाैतिक र सामाजिक मात्र नभएर सरकारले चाैतर्फी विकासकाे अभियान अगाडि बढाएकाे बताउनुभयाे ।

त्रिशुली-३ बी हब १३२ के.भी प्रसारण लाइन र सबस्टेशनकाे उद्घाटन पनि एक उचाइ भएकाे बताउनुभयाे ।

सरकारले काेभिड महामारीबीच पनि विकासकाे काम अगाडि बढाइरहेकाे प्रधानमन्त्री ओलीले बताउनुभयाे । अब २-दिनमा काेभिड विरुद्धकाे खाेप ल्याउन थालिने बताउनुभयाे । काेभिडलाई भ्याक्सिनद्धारा अन्त्य गर्ने काम चाँडाे पूरा गरिने प्रतिबद्धता उहाँले जनाउनुभयाे । भक्यासिन पाइएन भन्ने स्थितिबाट चाँडै पार हुने पनि उहाँले बताउनुभयाे ।

सबैलाई एकैपटक भ्याक्सिन लगाउने जनशक्ति पनि नभएकाले समूहगत रुपमा लगाइने उहाँले बताउनुभयाे । जाेखिम र उमेरसमूह अनुसार सबैलाई खाेप दिइने उहाँले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !