१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

म अध्यक्ष ओलीकै पक्षमा छु- वामदेव गाैतम

प्रकाशित मिति :  १८ असार २०७८, शुक्रबार ०९:४९


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहेकाे बताउनु भएकाे छ ।

एमालेको १३औं केन्द्रीय कमिटी बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै उपाध्यक्ष गौतमले साे कुरा बताउनु भएकाे हाे । एकताको प्रयासलाई सार्थक निष्कर्षमा आग्रह पुर्‍याउन प्रधानमन्त्री ओलीलाई वामदेवले आग्रह पनि गर्नुभयाे । त्यसका लागि सहयाेग गर्न आफू तयार रहेकाे वामदेवकाे भनाइ थियाे ।

माधवकुमार नेपाल पक्षलाई पनि समेटेर अगाडि बढ्न पनि अध्यक्ष ओलीलाई वामदेवले सुझाव दिनुभयाे । कार्यदल तहमा नभइ अध्यक्षले आफैंले वार्ता गर्नुपर्ने पनि वामदेवले बताउनुभयाे ।

माधव गुटतफर्फ लक्षित गर्दै उपाध्यक्ष गाैतमले पार्टी निर्णय बिना अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु राजनीतिक नैतिकता नभएको पनि बताउनुभयाे । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमाले सांसद्ले हस्ताक्षर गर्नु गलत भएको बताउँदै वामदेवले भन्नुभयाे – ‘पार्टी पनि नछोड्ने अनि आफ्नो अध्यक्षलाई हटाएर अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गलत हाे, म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ ।’

आफूले अहिलेसम्म मित्रघात नगरेकाे पनि वामदेवले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !