१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेस पदाधिकारी बैठक भाेलिका लागि सर्याे

प्रकाशित मिति :  १७ असार २०७८, बिहीबार १०:३९


काठमाडौं । आज बस्ने भनिएकाे नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ ।

आज दिउँसो २ बजेका लागि बाेलाइएकाे पदाधिकारी बैठक भाेलिका लागि सारिएकाे मुख्यसचिव कृष्णप्रसाद पौडेलले  जानकारी दिनुभयाे । नेताहरुकाे कार्यव्यस्तताका कारण बैठक सारिएकाे पाैडेलले बताउनुभयाे ।

पाैडेलका अनुसार आजकाे बैठकमा पार्टीकाे १४ औं महाधिवेशनकाे तयारी, क्रियाशील सदस्यतासम्बन्धी विवाद, क्रियाशील सदस्यता छानविनसम्बन्धी मापदण्ड, पछिल्लाे राजनीतिक अवस्था लगायत विषयमा छलफल गर्ने तय थियाे । ‘भाेलिकाे बैठकका यीनै विषयमा छलफल हुन्छ’- पाैडेलले भन्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !