१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँमा ठूलाे पानी पर्ने

प्रकाशित मिति :  १७ असार २०७८, बिहीबार ०३:४६


काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले ठूलाे पानी परिरहेकाे छ ।

मनसुनी वायु सक्रिय रहेकाले उपत्यकासहित देशका विभिन्न ठाउँमा बुधबार रातिदेखि निरन्तर पानी परिरहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर सामान्य देखि पूर्ण बदली छ । प्रदेश-१, प्रदेश-२, वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा  हल्का देखि मध्यम पानी परिरहेकाे छ । ती प्रदेशका १-२ ठाउँमा मेघगर्जन-चट्याङसहित ठूलाे पानी परिरहेकाे छ । बाँकी प्रदेशका १-२ ठाउँमा हल्का पानी परिरहेकाे छ ।

आज दिउँसो प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन-चट्याङसहित ठूलाे पानी पर्ने  सम्भावना छ ।

महाशाखाका अनुसार आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र गण्डकीका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र गण्डकीका केही ठाउँमा  मेघ गर्जन-चट्याङसहित ठूलाे पानी पर्ने सम्भावना छ ।

मनसुनी वायुका कारण अझै केही दिन पानी पर्ने क्रम जारी रहने र बाढी तथा पहिरोको जोखिम बढ्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !