१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधवकुमार नेपालसहित ११ जना नेतामाथि गरेको कारवाही निष्क्रिय

प्रकाशित मिति :  १६ असार २०७८, बुधबार ०९:२२


काठमाडाैं । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ जना नेतामाथि गरेको कारवाही निष्क्रिय भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेकाे एमाले १० औं महाधिवेशन आयाेजक कमिटी बैठकले साे कमिटी भंग गरेसँगै नेपालसहित ११ जना नेतामाथि गरिएकाे कारबाही स्वत: निष्क्रिय भएकाे हाे ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयाे – ‘महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही निष्क्रिय भएको छ, सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको छ ।’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन ०७५ जेठ ३ गते अघिकै अवस्थामा फर्कने घाेषणा गर्दै पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अगाडि सार्नुभएकाे थियाे ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएकाे हस्ताक्षर फिर्ता लिन अध्यक्ष ओलीले  माधव गुटलाई आग्रह गर्नुभएकाे थियाे । हस्ताक्षर फिर्ता भए पार्टीले गरेका कारबाही फिर्ता गरिने र यसबीचका विवादका कारण कसैप्रति पूर्वाग्रह नराखिने अध्यक्ष ओलीको प्रस्ताव थियो ।

तर माधवकुमार नेपालहरुले हस्ताक्षर फिर्ता नलिने बताइसक्नु भएकाे छ । यद्यपि प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि माधव गुटकाे माग अनुसार महाधिवेशन आयाेजक कमिटी भंग लगायत बाेल्ड निर्णयहरु गर्नुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !