१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लगानी कोषको एक प्रतिशत प्रतिफल प्रदान गरिने घोषणा

प्रकाशित मिति :  १५ असार २०७८, मंगलवार १०:०२


काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको सञ्चित नाफाबाट एक प्रतिशत थप प्रतिफल दिने घोषणा गरेको छ ।

अवकाश कोष सञ्चालन कार्यविधि,०५९ अनुसार ०७७ असार मसान्तसम्मका उक्त कोषमा सहभागीहरूको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने तथा त्यसका लागि एक अर्ब तीन करोड रुपैयाँ विनियोजन गरिएको कोषले जनाएको छ ।

उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरूको खातामा दाखिला भइरहेको तथा उक्त कार्यक्रममा ब्याज दरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा प्रदान गरिने भएको छ ।

एक प्रतिशतको प्रतिफलबाट सहभागीहरूलाई महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण परेको आर्थिक प्रभावलाई केही मात्रामा घटाउन सहयोग पुग्ने विश्वास कोषले व्यक्त गरेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !