१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली कांग्रेस पनि प्रचण्ड पथमा लाग्याे-प्रम ओली

प्रकाशित मिति :  १४ असार २०७८, सोमबार १०:३४


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस पनि प्रचण्ड पथमा लागेकाे बताउनु भएकाे छ ।

मदन भण्डारीकाे जन्मजयन्तीकाे अवसरमा साेमबार मदन भण्डारी फाउण्डेसनले बालुवाटारमा गरेकाे कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड पथमा हिँडेपछि कांग्रेस नेताहरुले नाथुराम गोड्से खोज्न थालेका बताउनुभयाे ।

प्रचण्ड पथ अस्थिरता र हिंसाको सिद्धान्त रहेको उहाँले बताउनुभयाे । कांग्रेसले देश कता जान्छ भन्ने मतलव नगर्नु भनेकाे प्रचण्डपथ लागेकाे प्रष्ट भएकाे पनि प्रधानमन्त्री ओलीले बताउनुभयाे । प्रधानमन्त्रीले भन्नुभयाे – ‘अस्थिरताको खेति गरेको छ, देश कता जान्छ मतलब छैन, कांग्रेस त्यहाँ पुग्नु भनेको प्रचण्ड पथ नै अंगालेको हो,  कांग्रेसले अंगालेपछि र आफ्नो मार्गदर्शक सिद्धान्त बनाएपछि प्रचण्डपथ यति व्याप्त भइसक्यो कि अहिले सर्वोच्च अदालतमा पनि प्रचण्ड पथ चर्चा हुन्छ ।’

सर्वोच्च अदालतमा प्रचण्डका एउटा कार्यकर्ताले न्यायाधीशकै अघि हिंसालाई दुरुत्साहन गरेका पनि प्रधानमन्त्री ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘अहिले सुप्रिम कोर्टमा पनि प्रचण्ड पथको चर्चा हुन्छ, फान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेको जस्तै गर्दा रहेछन् र पो काटिँदो रहेछ, अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ, यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमै भने ।’

हिंसालाई दुरुत्साहन गर्ने गतिविधि अदालतले राेक्नुपर्ने बताउँदै उहाँले भन्नुभयाे – ‘आश्चर्य लाग्छ, सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरूत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन, हिंसालाई दुरुत्साहन गर्ने काम राेक्नुपर्छ, तपाईं आफ्नाे वक्तव्य समालेर राख्नुस् भन्न सक्नुहुन्न न्यायमूर्तीले ?’

 


0
Shares

प्रतिक्रिया दिनुहोस !