४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजदेखि सरकारी पक्षकाे बहस

प्रकाशित मिति :  १४ असार २०७८, सोमबार ०४:१५


काठमाडाैं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजदेखि रिटका विपक्षी अर्थात सरकारी पक्षकाे बहस भाेलिदेखि सुरु हुँदैछ ।

सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा सरकारका तर्फबाट महान्यायाधिवक्तासहित महान्यायाधिवक्ता कार्यालयका वकिलहरुले बहस गर्न लागेका हुन् । रिट निवेदकका कानुन व्यवसायीकाे बहस सकिएपछि राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सुरु हुने लागेकाे हाे ।

विपक्षीका लागि १५ घण्टा समय छुट्याइएको छ । विपक्षीकाे बहस सकिएपछि अदालतकाे सहयाेगी (एमिकस क्युरी) ले आफ्नो राय दिनेछ । एमीकस क्युरीका लागि ४ घण्टा समय दिइनेछ । एमिकस क्युरीकाे रायपछि रिट निवेदकतर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहस गर्नेछ । त्यसका लागि ३ घण्टा समय छुट्याइ सकिएकाे छ ।

विघटनसम्बन्धी मुद्दामाथि असार ९ गतेदेखि निरन्तर सुनुवाइ भइरहेकाे छ ।

विघटनविरुद्ध रिट हालेका १ सय ४६ सांसद्का तर्फबाट आइतबारदेखि सुरुवाती सुनुवाइ सकिएको थियाे । प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा नेतृत्वकाे संवैधानिक इजलासले रिट निवेदक पक्षलाई बहसका लागि १२ घण्टा समय दिएको थियो । साे समयभित्र ३४ जना कानुन व्यवसायीले बहस गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !