४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पार्टी एकता जोगाउन हरसम्भव प्रयत्न भइरहेको छ-प्रदीप ज्ञवाली

प्रकाशित मिति :  १३ असार २०७८, आईतवार ०७:४२


काठमाडौं । नेकपा एमालेका प्रवक्त प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयत्न भइरहेको बताउनुभएको छ ।

नेकपा एमाले स्थायी कमिटी बैठक पछि आइतबार पत्रकारसँग कुरा गर्दै उहाँले पार्टी एकताबाटै संविधान, देश र व्यवस्थाको रक्षा गर्न सकिन्छ भन्ने एमालेको निष्कर्ष रहेको बताउनुभयो । ‘औपचारिक, अनौपचारिक हिसाबले हरसम्भव प्रयत्न भइरहेका छन्’, उहाँले भन्नुभयो ।

पार्टी एकताको प्रयास भइरहेपनि कतिपय नेताका व्यवहार एमाललेलाई कमजोर र विभाजित गर्ने खालको भएको उहाँले बताउनुभयो । प्रतिपक्षलाई काँधमा राखेर एमालेलाई कमजोर बनाइ उनीहरुलाई बलियो बनाउने खालको व्यवहार केही नेताले देखाएको उहाँले बताउनुभयो ।

पार्टी निर्देशन विपरित जाने अधिकार पार्टी सिस्टममा कसैलाई पनि नहुने उहाँले बताउनुभयो । यो जनताको चाहनासँग मेल खाने विषय नभएको पनि उहाँले बताउनुभयो ।

पार्टी एकता विधि, सिद्धान्त र उद्देश्यमा आधारित हुने उहाँले बताउनुभयो । एकताको नाममा विधि प्रक्रिया सबै मिचेर अराजकता मच्चाउँदा पनि सहन भने नसकिने उहाँको भनाइ छ ।

कर्णालीका प्रदेश सभा सदस्यलाई कारबाही गरिएको विषयमा पत्रकारले सोधेको प्रश्नमा उहाँले फ्लोर क्रस गर्नेलाई पनि कारबाही नगर्ने हो भने बहुदलीय व्यवस्था नै नटिक्ने बताउनुभयो । एमालेमा अहिले भएको घटनामा अन्य दललाई खुच्चिङ नमच्चाउन पनि उहाँले आग्रह गर्नुभयो । यो विषय कुनै पार्टी विशेषसँग नभइ व्यवस्थासँग जोडिएको विषय भएको उहाँले बताउनुभयो ।

जेठ २७ गतेको एमालेको महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने सर्वोच्च अदालतको फैसला त्रुटीपूर्ण भएको बताउँदै त्यसको विरुद्ध भ्याकेटमा गइसकेकोले त्यो सच्चिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 



प्रतिक्रिया दिनुहोस !