१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुनसरीमा सडक दुर्घटना , तीन जनाको ज्यान गयो

प्रकाशित मिति :  १३ असार २०७८, आईतवार ०६:४२


काठमाडौं । सुनसरीको कोसी गाउँपालिका–८ नङ्खुटोल स्थित पूर्व–पश्चिम राजमार्गमा सडक दुर्घटनामा परि तीन जनाको ज्यान गएको छ ।

सडकमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको हो । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

आइतबार बिहान ७ः४५ बजेतिर पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरित दिशाबाट आउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी–५ का २८ वर्षीय उदय साह, मोटरसाइकलको पछाडी सवार मोरङग विराटनगर–९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर–७ का ४० वर्षीय अक्षयकुमार गुप्ताको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा ज्यान गएको हो ।

उक्त दुर्घटनाबाट घाइते भएका हायस चालक नुवाकोट विदुर नगरपालिका–१३ का ३५ वर्षीय विवस तामाङ् र हायसका सहचालक विदुर नगरपालिका–११ का २५ वर्षीय नारायण बत्सयालको बिराट नर्सिङ होममा उपचार भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुर्घटना भएका तीन वटै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !