४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदनतर्फका कानुन व्यवसायीको बहस आज सकिँदै

प्रकाशित मिति :  १३ असार २०७८, आईतवार ०५:१९


काठमाडाैं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदनतर्फका कानुन व्यवसायीको बहस आज सकिँदैछ ।

विघटनसम्बन्धी मुद्दामाथि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा सुनुवाइ भइरहेकाे छ । संवैधानिक इजलासले निवेदकतर्फका कानुन व्यवसायीका लागि बहस गर्न तोकेको १२ घण्टामध्ये अब २ घण्टा ३५ मिनेट मात्रै बाँकी छ ।

निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी पक्षका कानुन व्यवसायी र सरकारी वकिलकाे बहस सुरु हुनेछ । संवैधानिक इजलासले सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि १५ घण्टा समय तोकेको छ ।

विघटनसम्बन्धी मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ भइरहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !