४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव नेपालले विपक्षी गठबन्धनलाई कुनै पनि हालतमा धाेका नदिने

प्रकाशित मिति :  १२ असार २०७८, शनिबार ११:५४


काठमाडाैं । नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई कुनै पनि हालतमा धाेका नदिने बताउनु भएकाे छ ।

आफू सम्मिलित विपक्षी गठबन्धनले राजनीतिक बिटका पत्रकारसँग शनिबार गरेकाे छलफलमा नेपालले  भन्नुभयाे – ‘माधव नेपालले धाेका दिँदैन, धाेका दिने मान्छे हाेइन, सर्वाेच्चमा गरिएकाे हस्ताक्षर फिर्ता लिएर धाेका दिने काम हुँदैन ।’

केपी शर्मा ओलीसँग नमिल्ने र विपक्षी गठबन्धन नछाेड्ने घाेषणा पनि माधवले गर्नुभयाे । केपी ओलीबाट प्रधानमन्त्रीकाे अफर आएकाे दाबी पनि नेपालले गर्नुभयाे । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उहाँकाे दाबी छ । आफूलाई प्रधानमन्त्री बन्न लगाएर शेरबहादुर देउवालाई हेरेको हेर्‍यै बनाइदिउँ भन्ने कुरा ओलीबाट आएको नेपालले दाबी गर्नुभयाे । ‘मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुँदैन, केपी ओलीले राइटिस्ट कोलिसन बनाउनुभएको छ, त्यसलाई करेक्सन गर्नुपर्छ, सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउँला’- माधवकाे भनाइ छ ।

केपी ओली प्रवृत्तिले आफूहरू वाक्क दिक्क भएको पनि नेपालले बताउनुभयो । नेकपा एमालेबाट नेकपा हुँदै फेरि एमाले हुँदासम्म पनि केपी ओलीले श्वेच्छाचारी प्रवृत्ति देखाएको गम्भीर आराेप माधवले लगाउनुभयाे । केपी ओली जता पनि ठिक्क पार्न सक्ने खुवी भएकाे नेता भएकाे माधवले बताउनुभयाे । गलत प्रवृत्ति र गलत चिन्तन केपी ओलीमा रहेका उहाँकाे भनाइ छ । बालुवा पेलेर तेल ननिस्कने पनि उहाँले बताउनुभयाे ।

संविधानको धारा ७६ काे उपधारा ५ मा दलीय व्यवस्था नभइ सांसद्लाई जिम्मेवारी दिएको दाबी पनि माधवले गर्नुभयाे । यद्यपि सर्वाेच्चकाे फैसला पर्खने पनि उहाँले बतानउुभयाे ।



प्रतिक्रिया दिनुहोस !