१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्काभेटर चालकले बकेटले हानेर वडाध्यक्षको ज्यान लिए

प्रकाशित मिति :  १२ असार २०७८, शनिबार ०६:१९


सर्लाही । स्काभेटर चालकले ईश्वरपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सुर्य कुमार श्रेष्ठको ज्यान लिएका छन् ।

चालकले स्काभेटरको बकेटले हानेर वडा अध्यक्ष श्रेष्ठको ज्यान लिएका हुन् ।

खानपिनको क्रममा सामान्य विवाद भएपछि, चालकले स्काभेटर स्टाट गरी वडा अध्यक्षको टाउकोमा प्रहार गरी खाल्टोमा हालेका थिए ।

स्थानीयले घट्ना थाहा भए लगतै अचेत अबस्थामा भेटिएका श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा पुर्याएका थिए, पुर्याएलगतै श्रेष्ठलाई चिकित्सकले मृत घोषना गरेका थिए ।

श्रेष्ठको शव अहिले पोष्टमार्टमका लागि मलंवा अस्पतालमा छ ।

अहिले हत्या आरोपी चालक र जेसीबीका ठेकेदारलाई प्रहरीले पक्राउ गरेको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकाेटाले  जानकारी दिनुभयो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !