४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्री नेम्वाङद्वारा चार मन्त्रालयको पदभार ग्रहण

प्रकाशित मिति :  ११ असार २०७८, शुक्रबार १२:४२


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज थप चार मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ ।

मन्त्री नेम्वाङले आज सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।

ती मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उहाँले अहिले एकातिर कोभिड र एर्कातिर प्राकृतिक प्रकोपबाट नागरिकलाई जोगााउन सरकार लागिरहेको बताउनुभयो ।

नेम्वाङले ०७६ मंसिरमा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । यसबीचमा उहाँले झण्डै सात महिना शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।

–रासस



प्रतिक्रिया दिनुहोस !