४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काम प्रति जिम्मेवार र नतिजा प्रति जवाफदेही हुनुपर्छ : विष्णुप्रसाद पौडेल

प्रकाशित मिति :  ११ असार २०७८, शुक्रबार १२:२६


काठमाडौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले हरेक व्यक्तिलाई आफ्नो परिभाषित काम प्रति जिम्मेवरा हुने आग्रह गर्नुभएको छ ।

शुक्रबार गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री पौडेलले काम प्रति जिम्मवार र नतिजाप्रति जवाफदेही हुन आग्रह गर्नुभयो । आफूले सुरक्षा निकाय र कर्मचारीको काममा हस्तक्षेप नगर्ने पनि उहाँले बताउनुभयो ।  ‘म काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिन’, पदभार ग्रहण गर्दै पौडेलले भन्नुभयो ।

उहाँले आफ्नो काम गर्न सबै स्वतन्त्र भएको बताउँदै काम भने नतिजा आउने गरी गर्न आग्रह गर्नुभयो । कानुनले दिएको अधिकार प्रयोग गरी स्वतन्त्र रुपले काम गर्न उहाँले कर्मचारी र प्रहरीलाई आग्रह गर्नुभयो ।

राजनीतिक परिस्थिति र परिवर्तनको प्रभाव गृहमन्त्रालयमा पर्नु नहुनेमा उहाँले जोड दिनुभयो । आफूले कसैको बढुवा, सुरुवा वा थमौतिको लागि काम नगर्ने बताउँदै त्यसको लागि आफूकोमा नआउन पनि आग्रह गर्नुभयो । यी सबै कुरा सिष्टमबाट हुने उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !