४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्डलाई राजाको जस्तो सान र मानको मोह

प्रकाशित मिति :  ११ असार २०७८, शुक्रबार ०८:५४


काठमाडौं । सधैँ शक्ति र सत्तामा रमाउन चाहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले राष्ट्रपति पदको सान र मान राजाको भन्दा पनि बढी हुनुपर्ने अभिव्यक्ति दिनुभएको छ ।

सान र मानको कुरा गरेर उहाँले राष्ट्रपति पद र सो पदमा रहने व्यक्ति नागरिकसँग भिज्ने सामान्य होइन रवाफयुक्त हुनुपर्ने भन्दै सामन्ती सोच व्यक्त गर्नुभएको छ । प्रचण्डले सान र मानको कुण्ठा फेरि एक पटक दोहोर्याउनुभएको छ ।

प्रचण्डको अभिव्यक्तिले राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी रहेकोमा सो काम पनि गरेको एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताउनुभएको छ ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले हिजोबाट त्यो काम पनि पूरा गरेको बताउनुभएको छ । ‘राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र’, उहाँले लेख्नुभएको छ ।

प्रचण्डले हिजो विपक्षी गठबन्धन निकटका सम्पादकसँगको कुराकानीमा राष्ट्पतिको हिजो राजाको भन्दा बढी सान हुनुपर्ने बताउनुभएको थियोे । छलफलमा उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रपतिको न सान छ न मान छ, अहिले त राष्ट्पति त कस्तो भयो, अहिले राष्ट्पति भन्ने संस्था त यति… यो भन्दा त राजाहरु भन्दा त थियो नि… एउटा सान, अहिले त सान पनि छैन, मान पनि छैन, इज्जत पनि छैन, कस्तो भयो त हामीले बनाएको संस्था, राष्ट्रपति त संस्था हो नि’, प्रचण्डले भन्नुभएको थियो ।

प्रचण्डको यो अभिव्यक्तिले उहाँ आफूलाई सबैभन्दा माथि राख्न चाहनुहुन्छ । अनि जननिर्वाचित संस्थालाई सान, मान र रवाफ देखाउने थलोको रुपमा स्थापित गराउन चाहनुहुन्छ भन्ने प्रष्ट देखिन्छ ।

 



प्रतिक्रिया दिनुहोस !