४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त

प्रकाशित मिति :  ११ असार २०७८, शुक्रबार ०३:५१


काठमाडौं । स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त भएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा लागेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको हाे । १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी निर्वाचन आयोगले आज सूचना निकालेर दिएकाे छ ।

रौतहटका ७, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका १-१ जना जनप्रतिनिधिकाे पद रिक्त भएकाे हाे ।

असार ७ गते बसेकाे  माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले उहाँहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । त्यसअघि नै कारबाही गरिएकाे पत्र पठाएपनि आयाेगले प्रक्रिया नपुगेकाे भन्दै निर्णय गरेकाे थिएन । आयाेगले निर्णय नगरेकाे भन्दै माओवादीका नेताहरु आयाेगकाे कार्यालय समेत पुगेका थिए ।

यी हुन् पदमुक्त जनप्रतिनिधि:

१.    प्रमुख  – रिना कुमारी साह                            (मौलापुर न.पा. रौतहट)
२.    प्रमुख   –  सियाराम कुशवाहा                        (कटहरिया न.पा. रौतहट)
३.    उप्रमुख – परनिया देवी                                 (देवाही गोनाही न.पा. रौतहट)
४.    उप्रमुख  – गौरिशंकर प्रसाद                          (मैलापुर न.पा. रौतहट)
५.    उप्रमुख – कान्ति देवी                                   (फतुवाविजयपुर न.पा. रौतहट)
६.    उपप्रमुख – सिमल कुमारी साह                      (माधवनारायण न.पा. रौतहट)
७.    उपाध्यक्ष  –  गितादेवी साह                            (यमुनामाई गा.पा. रौतहट)
८.    नगर का.पा. सदस्य – सतमीलाल दास ताती       (लहान न.पा. सिरहा)
९.    अध्यक्ष  –  शेष फारुक                                  (सम्सी गा.पा. महोत्तरी)
१०.    उपप्रमुख – छायाँ देवी देवकोटा                     (भजनी न.पा. कैलाली)
११.    वडाध्यक्ष  –  भागिरथी विष्ट                            (गौरीगंगा न.पा.–४, कैलाली)
१२.    वडाध्यक्ष – शर्मानन्द भट्ट                               (गोदावरी न.पा.–१, कैलाली)
१३.    वडाध्यक्ष  –  पुरन विसी                                 (बर्दगोरिया न.पा.–४, कैलाली)
१४.    वडाध्यक्ष – सुरेश कुमार थापा                         (चम्पादेवी गा.पा.–७, ओखलढुंगा)



प्रतिक्रिया दिनुहोस !