४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चार मन्त्रीलाई थप जिम्मेवारी (सूचीसहित)

प्रकाशित मिति :  १० असार २०७८, बिहीबार १२:२१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएकाे छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई दिनुभएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीकाे सिफारिसमा मन्त्रीहरुको थप जिम्मेवारी तोक्नुभएकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा र पराष्ट्र मन्त्रालयकाे जिम्मेवारी लिनुभएकाे छ । उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी दिइएकाे छ ।

उहाँले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई शिक्षासँगै वन तथा वातावरण, युवा तथा खेलकुद र श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !