४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा अनुकरणीय काम गरेको पार्वत गुरुङकाे दाबी

प्रकाशित मिति :  १० असार २०७८, बिहीबार ०३:५१


काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा नेपालको इतिहासमै द्रुत गतिमा अनुकरणीय काम गरेको दाबी गर्नुभएको छ ।

गृहजिल्ला दोलखामा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सुशासन, पारदर्शिता, इमान्दारीता र उच्च नैतिकता कायम गर्दै विना विवादित मन्त्रीबाट बिदा भएको बताउनुभयो । ‘यसमा मेरो परिवार, शुभचिन्तक र दोलखाली मतदाताहरुले गर्व गर्नुभएको छ’, गुरुङले भन्नुभयो ।

आफ्नो कार्यकालमा पत्रकारिता क्षेत्र पनि निकै खुसी भएको गुरुङले बताउनुभयो ।

दोलखाका लागि संघीय सरकारका कार्यक्रम र बजेटहरु आफ्नो प्रयासमा पर्याप्त परेको पनि उहाँले दाबी गर्नुभयो । सरकारी बजेट विनियोजन भएका कुरालाई अरु जस्तो होहल्ला गरेर प्रचारबाजी गर्ने बानी आफ्नो नभएकाले केही नभएको भनेर दुष्प्रचार गर्नेलाई मसला भएको उहाँले बताउनुभयो ।

चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय उत्तर–दक्षिण राजमार्ग खुल्नेगरी सुरुङमार्ग निर्माण थालनी हुनेगरी बजेट विनियोजन हुनु दोलखालीको सबैभन्दा ठूलो सफलता भएको उहाँले बताउनुभयो । ‘राष्ट्रिय गौरवको यो सडकमार्ग निर्माण सम्पन्न भएपछि दोलखालीको भाग्य चम्कन्छ’, उहाँले भन्नुभयो ।

लामो सयमको प्रयासपछि प्राप्त २ अर्ब ५० करोडको लामाबगर सुरुङमार्गको सरकारी कार्यक्रमलाई प्रभावित पार्न कुनै निजी हाइड्रोपावरले षड्यन्त्र गर्दै गरेको आफूले थाहा पाएको उहाँले बताउनुभयो । त्यसको भण्डाफोर गर्दै त्रिदेशीय राजमार्ग छिट्टै खुलाउने अभियानमा आफ्नो कृयाशीलता रहिरहने उहाँले बताउनुभयो ।

आफू नेकपा एमाले, दोलखाको अध्यक्ष हुँदा लिइएको ’समृद्ध दोलखा, सुखी दोलखाली’ को नारामा केन्द्रित रही सोही मार्गचित्रमा दोलखा र दोलखालीलाई समृद्ध वनाउन दत्तचित्त भएर लाग्ने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । पदमा हुँदा वा नहुँदा दोलखा र दोलखाली जनताको सेवामा आफ्नो कृयाशीलता उस्तै रहिरहने गुरुङले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !