१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राेल्पा पहिराे, तीनले ज्यान गुमाए

प्रकाशित मिति :  ९ असार २०७८, बुधबार ०८:४७


रोल्पा ।  अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९  लिउनमा तीनजनाको ज्यान  गएको छ ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा परी तीनजना घाइते भएका छन् । पहिराले घर  पुरिँदा रोल्पा–९ लिउनका ४६ वर्षीया प्रतिमा बुढा, १८  वर्षीया  सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढाको ज्यान गएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

घटनामा  परी ४०  वर्षीय  टीकासिंह बुढा, ४५ वर्षीया  सुनमाया  बुढा र नौ वर्षीय शक्तिमान बुढा घाइते अवस्था रहेको सुवेदीले  बताउनुभयो । ‘घाइतेमध्ये सुनमाया र शक्तिमानको अवस्था सामान्य छ’, सुवेदीले भन्नुभयो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !