४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

निर्वतमान  स्‍वास्‍थ्‍य तथा जनसंख्‍या मन्‍त्री तामाङद्वारा १९ दिने उपलब्‍धि सार्वजनिक

प्रकाशित मिति :  ९ असार २०७८, बुधबार ०८:०८


काठमाडाैं ।  निर्वतमान  स्‍वास्‍थ्‍य तथा जनसंख्‍या मन्‍त्री शेरबहादुर तामाङले आफ्ना १९ दिने उपलब्‍धि सार्वजनिक गर्नुभएकाे छ ।

मंगलबार सर्वाेच्च अदालतकाे अन्तरिम आदेशबाट पदमुक्त हुनुभएका तामाङले १९ दिनमा ४ वटा उपलब्धि हासिल गरेकाे उल्लेख गर्नुभएकाे छ । मंगलबार सर्वाेच्चले प्रतिनिधि सभा विघटनपछि थपिएका २० मन्त्रीलाई पदमुक्त गरेकाे थियाे । जसमा तामाङ पनि पर्नुभएकाे छ । पदमुक्त भएकै भाेलिपल्ट उहाँले आफूले गरेका ४ उपलब्धि सार्वजनिक गर्नुभएकाे हाे ।

१९ दिनमा काेभिड नियन्त्रणका लागि आफूले इमान्दार प्रयत्न गरेकाे उहाँले उल्लेख गर्नुभएकाे छ । केही दिनमा नै खोप आउने सुनिश्चित भएको उल्लेख गर्दै उहाँले पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथि नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी आफूले लिने पनि प्रष्ट पार्नुभएकाे छ ।

यस्तो छ तामाङको १९ दिने उललब्धि:

१. कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको ।

(यदी पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवनमाथि नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन ।)

२. सबै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।

३. सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रकृयाको आरम्भ भएको ।

४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल सुरु भएको ।



प्रतिक्रिया दिनुहोस !