१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रहरीमा एआईजीको दरवन्दी थपियो

प्रकाशित मिति :  ८ असार २०७८, मंगलवार ०८:३६


काठमाडौं । सरकारले नेपाल प्रहरीमा एकजना एआईजीको दरवन्दी थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो ।

नेपाल प्रहरीमा अब एआईजीको संख्या पाँच हुने भएको छ । नेपाल प्रहरीमा कार्य एवं अपराध अनुसन्धान विभाग, मानव स्रोत एवं प्रशासन विभाग, महानगरीय प्रहरीको कार्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्राविधिकतर्फ प्रहरी अस्पतालमा समेत गरी ५ जना  एआईजीको दरवन्दी रहेको छ ।

अब प्राविधिकतर्फ प्रहरी अस्पतालमा समेत गरी ६ जना एआईजीको दरवन्दी भएको छ ।

सरकारले तीन दिन अघि डिआईजीहरुको सरुवा गरेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !