४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्रिमण्डल पुनर्गठनविरुद्ध परेको रिटमा आज सर्वाेच्चमा सुनुवाइ

प्रकाशित मिति :  ८ असार २०७८, मंगलवार ०६:०३


काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनविरुद्ध परेको रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ ।

रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा पेशी ताेकिएकाे छ । इजलासले मन्त्रिपरिषद विस्तारबारे अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय गर्नेछ ।सर्वाेच्चले आज दुवै पक्षलाई सर्वोच्चले छलफलका लागि बोलाएको छ ।

गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन विपक्षीलाई आदेश दिएको थियो । तर अन्तरिम आदेश जारी गरेकाे थिएन । छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय २ पटकसम्म गर्नुभएकाे मन्त्रिमण्डल पुनर्गठन रद्द हुनेछ ।

कामचलाउ सरकारले मन्त्रिमण्डल पुर्नगठन गर्न नपाउने भन्दै वरिष्ठ अधिवक्ता निदेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी श्रेष्ठ, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहले सर्वाेच्चमा रिट दायर गर्नुभएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !