१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो

प्रकाशित मिति :  ८ असार २०७८, मंगलवार ०१:३२


.

काठमाडाैं ।  काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो पारिएको छ ।

असार ६ गते बसेकाे उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बसेको बैठकले केही प्रावधानमा खुकुलाे बनाउँदै फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय गरेकाे हाे । साेही अनुसार आजदेखि असार १४ सम्म केही क्षेत्रमा निषेधाज्ञा खुकुलाे भएकाे छ ।

आजदेखि निजी सवारी साधन जोर विजाेर प्रणालीमा चलाउन दिइएकाे छ । अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन । ट्याक्सी पनि जाेर विजाेर प्रणालीमा चलाउन सकिनेछ । डुवानीका सवारी साधनका लागि पनि समय ताेकिएकाे छ ।

कपडा पसल, भाडा पसल लगायत भीडभाड कम हुने पसल व्यवसाय बारअनुसार समय ताेकेर खाेल्न दिइनेछ । खाद्यन्न, किराना, दूध, मासु तरकारी र फलफूल पसलहरु बिहान ११ बजेसम्म खाेल्न पाइने छ । डिपार्टमेन्टल स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ देखि अपरान्ह ४ बजेसम्म खाेल्न पाइने काठमाडाैं जिल्ला प्रशासनले जारी गरेकाे आदेशमा उल्लेख छ ।

सुन पसल, भाँडा, भान्साजन्य, विजुली पसल, इलेक्ट्रोनिक पसल आइतबार, मंगलबार र बिहीबार बिहान ११ देखि ४ बजेसम्म खाेल्न पाइने छ । निर्माणजन्य सामग्रीको पसल भने बिहान ११ देखि साँझ ६ बजेसम्म दैनिक खाेल्ने पाइनेछ ।

अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेकअवे सेवा होम डेलिभरीका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । चिया पसलहरु भने खुल्न नपाउने भएका छन् । खाजा पसल र रेष्टुरेन्टले भने टेक-अवेमार्फत खाेल्न पाइने छ ।

सवारी साधनका वर्कसप साँझ ७ बजेसम्म खोल्न दिइनेछ । सरकारी कार्यालय आलोपालो प्रणालीमा सञ्चालन गर्न दिइनेछ । काठमाडाैं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा जारी छ ।

यस्ताे छ नयाँ आदेश:

 


0
Shares

प्रतिक्रिया दिनुहोस !