१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अन्तर्राष्ट्रिय उडानमा तोकिए बढी भाडा लिएकोबारे छानविन गर्न समिति गठन

प्रकाशित मिति :  ७ असार २०७८, सोमबार १६:२२


काठमाडाैं । अन्तर्राष्ट्रिय उडानमा तोकिए बढी भाडा लिएकोबारे छानबिन गर्न समिति गठन गरेको छ ।

केही ट्राभल एजेन्सीले ताेकिए बढी भाडा लिएकाे जनगुनासाे आएकाे भन्दै सरकारले छानबिन गर्न समिति गठन गरेको हाे । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलको  संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएकाे  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएकाे छ ।

ट्राभल एजेन्सीले तोकिएको भन्दा चर्को भाडा असुल गरेको भन्ने गुनासो मन्त्रालयलाई प्राप्त भएकाले उल्लेखित गुनासोको सन्दर्भमा विस्तृत छानविन गरी सम्बन्धित निकायमा आवश्यक कानूनी कारबाहीको सिफारिस गर्न समिति गठन गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले निकाल्नु भएकाे विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ संक्रमणलाई नियन्त्रण तथा व्यवस्थापन गर्न वैशाख १९ गते बसेकाे मन्त्रिपरिषद्को निर्णय अनुसार सीमित अन्तर्राष्ट्रिय उडान भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !