२७ भाद्र २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सडक क्षत विक्षत, टुट्यो मनाङको सडक सम्पर्क

प्रकाशित मिति :  ६ असार २०७८, आईतवार ०५:४१


काठमाडौं । हिमाल पारिको जिल्ला मनाङमा सडक सम्पर्क टुटेको छ ।

लगातारको वर्षाले बेसीशहर–चामे–थाङसार सडकखण्ड क्षत विक्षत भएपछि सडक सम्पर्क टुटेको हो । लमजुङको बेसीशहरबाट चामेसम्म जाने सडकको ७० प्रतिशतभन्दा बढी भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

जिल्ला सदरमुकाम पुग्ने मात्र होइन जिल्ला भित्रका सडकमा पनि बाढी पहिरोले व्यापक क्षति पुर्याएको छ । यसले गर्दा जिल्ला सदरमुकाम पुग्ने र जिल्ला भित्र चल्ने दुवै यातायात ठप्प भएको छ ।

बाढी पहिरोले यस वर्ष मनसुनको सुरुमा नै मनाङमा ब्यापक क्षति भएको छ । जिल्ला सदरमुकाममा समेत बाढी पहिरोले क्षति पुर्याएको छ । बाढीले केही गाउँ डुबाएको थियो ।

मर्स्याङ्दी नदी पहिरोले थुनिँदा नदी तटका क्षेत्रमा ठूलो क्षति हुने आँकलन गरिएको भए पनि नदीले केही समयमा नै थुनिएको पहिरो खोल्दा सो जोखिम भने टरेको छ । प्रहरीले जिल्लामा क्षतिको विवरण संकलन गर्न सुरु गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !