१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पूर्व मन्त्री तप्तबहादुर बिष्टको निधन

प्रकाशित मिति :  ६ असार २०७८, आईतवार ०५:०८


काठमाडौं । कोभिड संक्रमणबाट पूर्वसञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेकामा अवस्था थप जटिल बनेपछि उहाँलाई थप उपचारको लागि काठमाडौं मेडिसिटी अस्पताल ल्याइएको थियो ।  उहाँको उपचारको क्रममा आइतबार बिहान निधन भएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सुर्खेतका बिष्ट नेपाली कांग्रेस सुर्खेत जिल्लाका पूर्वसभापति समेत हुनुहुन्थ्यो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !