१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तामाकोसी नदी थुनियो,सतर्क हुन आग्रह

प्रकाशित मिति :  ४ असार २०७८, शुक्रबार १७:२८


काठमाडौं । नेपाल र चीनको सीमा क्षेत्रमा रहेको टिंगरी काउन्टीको रोङछिया शहर र सोको आसपासमा भारी वर्षाको कारण पहिरो गएको छ ।

पहिरोको कारण तामाकमोसी नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त हुन आएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । सोको कारणले कुनैपनि बेला तामाकोसी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने प्रशासनले शुक्रबार राति सूचना जारी गरी जानकारी गराएको छ ।

नेपाल–चीन सीमा नजिकको बस्ती लगायत तामाकोसी नदीको तटीय क्षेत्रमा जोखिम सृजना हुन सक्ने संभावना देखिएकोले सो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क हुन प्रशासनले आग्रह गरेको छ । तामाकोसी तटीय क्षेत्रमा दोलखा र रामेछापका बस्ती पर्दछन् ।

स्थानीय प्रशासनले कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थान तर्फ जान र स्थानीयतहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ । प्रशासनले राति ९ः४५ बजे सो सूचना जारी गरेको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !