३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राहत सामाग्री हस्तान्तरण

प्रकाशित मिति :  ३ असार २०७८, बिहीबार ०५:५०


सिन्धुली । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई राहत प्याकेज हस्तान्तरण गरिएको छ । स्वाभिमान सिन्धुली सहयोग अभियानले संकलन गरेको राहत प्याकेज हस्तान्तरण गरिएको हो ।

सिन्धुलीमाढीमा आज आयोजित राहत प्याकेज हस्तान्तरण कार्यक्रममा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले एक सय ५१ थान राहत प्याकेज रेडक्रसका अध्यक्ष अशोक श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । समाजसेवी उज्वलविक्रम थापा, अस्पताल विकास समितिका अध्यक्ष पोखरेललगायतको समूहले सो अभियानको थालनी गर्नुभएको हो ।

रेडक्रसलाई बुझाइएको राहत प्याकेजमा १० किलो चामल, दुई किलो दाल, एक किलो नुन, तेल एक लिटर र एक प्याकेट मस्यौरा रहेको अभियानका सदस्य इन्द्र भुजेलले जानकारी दिनुभयो ।

–रासस



प्रतिक्रिया दिनुहोस !