४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारत जानुअघि झलनाथ खनालको विज्ञप्ति : एमाले एकता जाेगाऔं

प्रकाशित मिति :  २ असार २०७८, बुधबार ०९:३०


काठमाडाैं । माधव गुटका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले एकताका लागि आह्वान गर्नुभएकाे छ ।

थप उपचारका लागि भारतकाे नयाँ दिल्ली प्रस्थान गर्नुअघि बुधबार विज्ञप्ति जारी गरेर साे आह्वान गर्नुभएकाे हाे । देशको विथोलिएको वर्तमान राजनीतिक अवस्थाले आफूलाई धेरै चिन्तित बनाएको खनालले उल्लेख गर्नुभएकाे छ । राजनीतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका पनि खनालले विज्ञप्तिमा लेख्नुभएकाे छ ।

अन्तर संघर्षको पराकम्पनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परेको भन्दै अहिले त्यही अवस्था नेकपा (एमाले) मा परिरहेको पनि खनालले उल्लेख गर्नुभएकाे छ ।  देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथासिघ्र अन्त्य गरिनु पर्ने उल्लेख गर्दै खनालले लेख्नुभएकाे छ- ‘हामी सबै एकजुट भएर मुलुकका मूलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहन्छु ।’

टुट-फुट र विभाजन नभइ एकता गर्ने गराउने काममा अगाडि बढ्न पनि खनालले सबैमा आह्वान गर्नुभएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !