४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पास

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार १०:२४


काठमाडौं । एमालेका माधव गुटका तीन जना मन्त्री प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पास भएको छ ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गर्नुभएको थियो । प्रदेश सभा बैठकमा उपस्थित सदस्यको बहुतमले नीति कार्यक्रम पास गरेको हो ।

प्रदेश सभा बैठक बस्नु अघि बसेको एमाले संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । माधव गुटका प्रकाश ज्वाला समेत सहभागी भएको सो बैठकको निर्णय विपरित सरकारमा रहेको माधव गुटका तीन जना मन्त्री बैठकमा अनुपस्थित भएका थिए ।

ज्वाला सहित माधव गुटका चार जनालाई सवोच्च अदालतले प्रदेश सभा सदस्य पदमा पुर्नवहाली गरिदिएको थियो । प्रदेश सभामा माओवादी नेतृत्वको सरकारले विश्वासको मत लिने बेला उहाँहरुले पार्टी निर्णय विपरित फ्लोर क्रस गरेपछि एमालेले कारबाही गरेको थियो ।

आजै प्रदेश सभा बैठकमा सरकारको बजेट तथा आउँदै छ । जसको लागि अहिले चार बजे प्रदेश सभा बैठक बस्दै छ ।



प्रतिक्रिया दिनुहोस !