४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्ने एमाले कर्णालीकाे निर्णय

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार ०८:४८


काठमाडाैं । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारले ल्याएकाे नीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्ने निर्णय गरेकाे छ ।

मंगलबार बसेकाे संसदीय दलकाे बैठकले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेकाे प्रमुख सचेतक गुलाबजंग शाहले सनराइज खबरलाई जानकारी दिनुभयाे । सर्वोच्च अदालतको आदेश अनुसार पुनर्बहाली हुनुभएका माधव गुटका सांसद् प्रकाश ज्वाला पनि संसदीय दलकाे आज बसेकाे बैठकमा उपस्थित हुनुभएकाे शाहले बताउनुभयाे ।

विपक्षमा मतदान गर्न ज्वाला पनि सहमत हुनुभएकाे जानकारी दिँदै शाहले भन्नुभयाे – ‘प्रदेश सभा बैठकमा आफू पनि उपस्थिति हुने र विपक्षमा मतदान गर्ने जानकारी ज्वाला जी ले संसदीय दलमा गराउनुभएकाे छ ।’

एमालेको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गर्नुभएका भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नन्दसिंह बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कुर्मराज शाही भने बैठकमा सहभागी हुनुभएन ।

बैठकमा प्रदेश सरकारकाे नीति तथा कार्यक्रम, बजेट लगायत समसामयिक विषयमा छलफल भएपनि एउटा मात्र निर्णय भएकाे शाहले जानकारी दिनुभयाे ।

माधव गुटका ४ सांसद्को पुनर्वहालीसँगै कुल ४० सदस्यीय प्रदेश सभामा एमाले सांसद्को संख्या २० पुगेको छ । ज्वालाबाहेक ३ जना प्रदेश सरकारमा सहभागी हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस !