२ जेष्ठ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दमकमा संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २३ पुग्यो

प्रकाशित मिति :  ३१ जेष्ठ २०७८, सोमबार ०६:५३


दमक । यहाँ कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २३ पुगेको छ ।

दमक–५ का एक पुरुषको आइतबार ज्यान गएसँगै दमकमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा कोरोनाको दोस्रो भेरियन्टबाट हालसम्म कूल एक हजार एक सय ३७ जना संक्रमण मुक्त भइसकेका पनि स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिनुभयो ।

दमकमा पिसिआर तथा एन्टिजेन परीक्षणमार्फत हालसम्म कूल एक हजार पाँच सय १२ जनामा कोरोनाको दोस्रो भेरियन्ट पुष्टि भइसकेको छ । तीमध्ये महिलाको संख्या सात सय ३२ छ । दमकमा हाल सक्रिय संक्रमितको संख्या तीन सय ५२ रहेको र होम आइसोलेशनमा रहेकाको संख्या तीन सय ४७ रहेको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले हालसम्म एक हजार एक सय ४६ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा आइतवारसम्म कोरोना संक्रमणबाट ज्यान जानेको संख्या तीन सय पुगेको छ भने सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ६४ रहेको छ । जिल्लामा कूल संक्रमितको संख्या १२ हजार दुई सय ४२ पुगेको छ ।

कोरोना संक्रमणबाट जिल्लाको दमकसहित बिर्तामोड, भद्रपुर र मेचीनगर बढी प्रभावित भएको पाइएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !