२ जेष्ठ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उद्योगमा विष्फोट हुँदा एक मजदूरको गयाे ज्यान 

प्रकाशित मिति :  ३० जेष्ठ २०७८, आईतवार १३:५६


राँझा । बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा  विष्फोट हुँदा एक मजदूरको ज्यान गएको छ ।

कोहलपुर नगरपालिका—१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको स्टिम बोइलर मेसिन अचानक विष्फोट हुँदा बारबर्दिया नगरपालिका वडा नं. ९ बर्दिया निवासी खुशीराम थारुको ज्यान गएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान करीब ५ बजे घटना विष्फोट भएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताउनुभयो ।

–रासस



प्रतिक्रिया दिनुहोस !