२ जेष्ठ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप

प्रकाशित मिति :  ३० जेष्ठ २०७८, आईतवार ११:१४


काठमाडौं । काठमाडाैं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएकाे छ ।

उपत्यकाका तीन जिल्ला काठमाडाैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूकाे आइतबार बसेकाे बैठकले फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय गरेकाे हाे । काेभिड-१९ संक्रमण राेकथाम तथा नियन्त्रणका लागि वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी छ । पछिल्लाे पटक थपिएकाे निषेधाज्ञा भाेलि सकिँदै छ ।

अपेक्षा गरिएअनुसार संक्रमणदर नघटेकाले फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय बैठकले गरिएकाे काठमाडाैंका प्रमुख जिल्लाअधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयाे । थपिएकाे निषेधाज्ञा केही खुकुलाे बनाइएकाे छ ।

अब असार १ गतेदेखि तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खाेल्न पाइनेछ । यसअघि बिहान ९ बजेसम्म मात्र खाेल्न पाइने व्यवस्था थियाे । थपिएकाे निषेधाज्ञामा पुस्तक पसल पनि बिहान ११ बजेसम्म खाेल्न पाइने छ । हार्डवेर पसल अपरान्ह ४ बजेपछि खाेल्न पाइनेछ । अनलाइन डेलिभरी सेवा पनि खुला गरिएकाे छ ।

के खाेल्न पाइने के नपाइने भनेर विज्ञप्ति जारी गरिने पनि उहाँले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !