१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने

प्रकाशित मिति :  ३० जेष्ठ २०७८, आईतवार ०५:०७


कठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताउनुभएको  छ ।

काठमाडौैंको क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा सुरु गरिएको कोभिड अस्पतालको शनिवार निरीक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य देशका समकक्षीसँग खोप पाउन अपिल गरेको र खोपका साथै स्वास्थ्य सामग्री आइरहेको जनाउनुभयो । चिकित्सालयमा  भेन्टिलेटरसहित ३५ श्ययाको कोभिड अस्पताल सञ्चालन गरिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा अस्पतालले ३५ श्ययाको कोरोना वार्ड सञ्चालन गरिरहेकोमा उहाँले प्रशंसा गर्नुभयो ।

सो अवसरमा चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले महानगरपालिकालगायत सबैको साथ र सहयोग पाएर अस्पतालले कोरोना महामारीको समयमा जनतालाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य प्रदान गर्न सकेको बताउनुभयो ।

काठमाडौं महानगरपालिका– १७ का वडाध्यक्ष नवीन मानन्धरले अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो ।

महानगरले सो अस्पतालमा पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार सात सय पाँच र ३५ र मासिक सञ्चालन खर्च वापत् करीब ४८ लाख १६ हजार ६ सय ५७ दिँदै आएको छ ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !