१५ जेष्ठ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

उदयपुरमा बोलेरो दुर्घटना एककाे गयाे ज्यान, तीन घाइते

प्रकाशित मिति :  ३० जेष्ठ २०७८, आईतवार ०३:५२


कटारी । उदयपुरमा बोलेरो दुर्घटना हुँदा एकको ज्यान गएको छ ।

बा१८च १५६७ नम्बरको बोलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा दुधौली नगरपालिका–१० का इन्द्रबहादुर बिकको घटना स्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परी कटारी नगरपालिका–१० का ३५ वर्षीय डाक नारायण श्रेष्ठ, ताप्ली गाउँपालिका–४ का ३० वर्षीय झकर बहादुर सार्की र २६ वर्षीय डम्बरबहादुर तामाङ घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
कटारीमा सामान्य उपचार गरी घाइतेहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बोलेरो सडकबाट दुई सय मिटर तल खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !