४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेसको १४ औं महाधिवेशन सर्ने

प्रकाशित मिति :  २९ जेष्ठ २०७८, शनिबार १२:५२


काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सर्ने भएकाे छ ।

पार्टी सभापति शेरबहादुर देउवाकाे निवास बुढानिलकण्ठमा आज बसेकाे कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशन सार्ने निष्कर्ष निकालेकाे हाे । यसअघिकाे कार्यतालिका प्रभावित हुने देखिएपछि महाधिवेशन केही पर सार्ने प्रस्तावमाथि बैठकमा छलफल भएकाे नेता प्रकाशरण महतले जानकारी दिनुभयाे ।

‘महाधिवेशन सार्ने प्रस्तावित कार्यतालिकामाथि बैठकमा छलफल भएकाे छ, केन्द्रीय कमिटी बैठकले यसबारे निर्णय गर्नेछ’- बैठकपछि पत्रकारसँग कुरा गर्दै महतले भन्नुभयाे । काेभिड र वर्खायामलाई ध्यान दिँदै कसरी महाधिवेशन सम्पन्न गर्ने कुरामा पार्टीले ध्यान केन्द्रित गर्ने उहाँले बताउनुभयाे ।

यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय थियो । साे मिति हेरफेर गरेर भदाै १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कांग्रेसकाे तयारी छ ।



प्रतिक्रिया दिनुहोस !