२६ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काँग्रेस विवाद क्रियाशील सदस्यतामा,देउवा पक्षकाे मनाेमानी

प्रकाशित मिति :  २९ जेष्ठ २०७८, शनिबार ११:२५


सर्लाही । नेपाली काँग्रेस सर्लाहीमा क्रियाशील सदस्याता वितरण तथा नवीकरणमा विवाद आएको छ ।

पार्टी जिल्ला सभापति नागेन्द्र कुमार रायलले सदस्याता वितरण तथा नवीकरणमा मनोमानी गरेको आरोप लागेको छ ।

केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिनुहुने जिल्ला सभापति रायले स्वेच्छाचारी ढंगले क्रियाशील सदस्यता वितरण गरिएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षिय नेताहरुले आरोप लगाएका हुन् ।

पौडेल समूहका नेताहरुले आज हरिपुरमा पत्रकार सम्मेलन गरी असन्तुष्टी व्यक्त गर्नुभएको हो ।
जिल्ला सभापति रायमा निरकुंश प्रवृत्ति हाबी भएको आरोप लगाइएको छ ।

पत्रकार सम्मेलनमा पूर्व पार्टी जिल्ला सभापतिहरु लक्ष्मण राय, सत्यदेव सिंह दनुवार, संविधान सभा सदस्य रामचन्द्र चौधरी, नेताहरु विनोद खनाल, नवीन अधिकारीलगायत सहभागी हुनुभएको थियो ।

पौडेल समूहका नेताहरुले अहिलेको गतिविधि पार्टी विधान विपरीत रहेका कारण पुराना कार्यकर्ताको मनोबल खस्कनुका साथै पार्टी सांगठनिक हिसाबले कमजोर हुने भएकाले आफ्ना कदमहरु तत्काल सच्याउन जिल्ला सभापतिसँग माग गर्नुभएको छ ।

क्रियाशील सदस्यता दिँदा वडा कमिटीबाट विभिन्न समिति हुँदै माथिल्लो निकायमा पुग्नु पर्ने भएपनि त्यसो हुन नसकेको नेताहरुको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस !