२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ट्र्याक्टरले ठक्कर दिँदा एकको ज्यान गयाे

प्रकाशित मिति :  २९ जेष्ठ २०७८, शनिबार ०७:४८


गलकोट । बागलुङ नगरपालिका–६ लहरेपिपलमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमलाकुमारी शर्माको ज्यान गएको वडासचिव रुद्र केसीले जानकारी दिनुभयो ।

ग१त ६३०३ नंको ट्र्याक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै ज्यान गएको वडासचिव केसीको भनाइ छ । मृतक शर्मा सोही गाउँको काफलठुटा आधारभूत विद्यालयकी शिक्षिका हुनुहुन्छ ।

प्रहरीले ट्र्याक्टर चालक सुरेश नेपाली र सहचालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !