६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नराेत्तम वैद्यलाई तत्काल गिरफ्तार गर- अनेरास्वियु

प्रकाशित मिति :  २९ जेष्ठ २०७८, शनिबार ०५:२९


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे हत्या गर्ने अभिव्यक्ति दिएका कांग्रेस सांसद् नराेत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न अनेरास्वियुले माग गरेकाे छ ।

नेकपा एमालेकाे भ्रातृ संगठन अनेरास्ववियुका संयाेजक ऐन महरले शनिबार विज्ञप्ति निकालेर प्रधानमन्त्री ओली विरुद्ध नराेत्तमकाे अभिव्यक्ति अत्यन्तै निन्दनीय र खेदजनक भएकाे उल्लेख गर्नुभएकाे छ । नराेत्तमलाई तत्काल गिरफ्तार गरेर याेजनाकारहरुमाथि अनुसन्धान थाल्न अनेरास्ववियुले माग गरेकाे छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !