१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नरोत्तम वैद्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु पर्छ- कैलाश ढुंगेल

प्रकाशित मिति :  २९ जेष्ठ २०७८, शनिबार ०५:२४


काठमाडौं । वाग्मती प्रदेश सरकारका प्रवक्ता कैलाश ढुंगेलले प्रधानमन्त्रीको ज्यान लिने धम्की दिने वाग्मती पदेश सभा सदस्य नरोत्तम वैद्यलाई ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाउनु पर्ने बताउनुभएको छ ।

वैद्यलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनु भएका ढुंगेलले बताउनुभयो । संसद्मा गएर देशको प्रधानमन्त्रीको हत्या गर्ने अभिव्यक्ति दिने अपराध क्ष्यम्य नहुने उहाँले बताउनुभयो । उहाँलाई नेपालको प्रचलित कानुन अनुसार तत्काल गिरफ्तार गरेर कारबाही गर्नु पर्ने उहाँको भनाइ छ ।

संसद् बैठकमा उदाहरण दिँदै आफू प्रधानमन्त्रीको ज्यान लिन तयार भएको अभिव्यक्ति दिनु चानचुने कुरा नभएको उहाँले बताउनुभयो । ‘यस्ता अक्ष्यम्य अभिव्यक्ति दिनेलाई छुट दिन सकिँदैन’,उहाँले भन्नुभयो ।

उहाँले वैद्यले अक्ष्यम्य अपराधिक अभिव्यक्ति दिएकोले बोली फिर्ता लिएको भरमा मात्र छाड्न नसकिने बताउनुभयो । उहाँमाथि कानुनी कारबाही अघि बढाउनु पर्ने उहाँको माग छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !