१ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

शब्द फिर्ता लिएर आत्मालोचना गर्नुस्- कांग्रेस

प्रकाशित मिति :  २९ जेष्ठ २०७८, शनिबार ०५:२१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यान लिने अभिव्यक्ति दिनुभएका नेपाली कांग्रेसका वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई शब्द फिर्ता लिन नेपाली कांग्रेसले निर्देशन दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उहाँलाई तत्काल शब्द फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिनुभएको हो । ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न’, वैद्यलाई निर्देशन दिँदै शर्माले भन्नुभएको छ ।

आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर यस्ता कुरामा उन्मुक्ति नहुने उहाँले बताउनुभएको छ । तर्कले आपत्तिजनक शब्द छोप्न नसकिने शर्माका भनाइ छ । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नहुने बताउँदै उहाँले वैद्यलाई सर्वाजनिक रुपमा बोली फिर्ता लिन निर्देशन दिनुभएको छ ।

उता वाग्मती प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र वानियाँले वैद्यले वाग्मती प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

उहाँले सो अभिव्यक्ति पार्टीको नीति विपरीतको अभिव्यक्ति भएको बताउनुभएको छ । बोली फिर्ता लिएर आत्मालोचना गर्न उहाँले वैद्यलाई निर्देशन दिनुभएको छ ।

आलोचना गर्दा राख्नुपर्ने संयमता र परिपक्वता नगुमाउन उहाँले आग्रह समेत गर्नुभएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !