१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उदयपुरमा संक्रमितको संख्या घट्दै , निषेधाज्ञा कायमै

प्रकाशित मिति :  २९ जेष्ठ २०७८, शनिबार ०५:१२


कटारी । उदयपुरमा कोभिड संक्रमितको संख्यामा केही कमी आएको छ । जेठका अन्तिम हप्ताबाट संक्रमितको संख्यामा केही कमी आएको हो ।

स्वास्थ्य कार्यलय उदयपुरका अनुसार वैशाखमा उच्च रहेको कोभिड संक्रम जेठका अन्तिममा आएर घटेको छ । सबैभन्दा बढी संक्रमित रहेको त्रियुगा नगरपालिकामा जेठको अन्तिममा पाँच सय ३५ संक्रमितबाट घटेर दुई सय ९० मा झरेको छ ।

कटारी नगरपालिकामा पनि अहिले संक्रमितको संख्या ४५ जनामा झरेकोे छ । रौतामाई गाउँपालिकामा २९ जना र  लिम्चुङबुङ गाउँपालिमा २४ जना संक्रमित छन् । त्यस्तै अन्य स्थानीय तहमा पनि संक्रमितको संख्या घटेको कार्यालयले जनाएको छ ।

जिल्लाको आठवटै पालिकामा संक्रमण दर घटेर निको हुनेको संख्या वृद्धि भएको छ । जिल्लामा हालसम्ममा ४७ जनाको कोभिडबाट ज्यान गएको छ ।

यसैबीच संक्रमणको अवस्थालाई ध्यानमा राखि जिल्ला प्रशासन कार्यलय उदयपुरले जिल्लामा निषेधाज्ञाको समय जेठ २८ बाट बढाएर असार ७ सम्म पुर्याएको छ । थप गरिएको निषेधाज्ञाको समयमा बिहानको ७ बजेदेखि दिनको १२ बजेसम्म पसलहरु खोल्न दिइने छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !