४ श्रावण २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली सेनालाई भारतीय सेनाले दियो स्वास्थ्य सामग्री

प्रकाशित मिति :  २८ जेष्ठ २०७८, शुक्रबार ०६:४४


काठमाडाैं । नेपाली सेनालाई भारतीय सेनाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

भारतीय सेनाले नेपाली सेनालाई सहयोग स्वरुप पठाएको स्वास्थ्य सामग्री नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्राले शुक्रबार हस्तान्तरण गर्नुभएकाे हाे । शुक्रबार बिहान जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालाई राजदूत क्‍वात्राले ती सामग्री हस्तान्तरण गर्नुभएकाे सैनिक प्रवक्ता सहायकरथी सन्तोष वल्लभ पौडेलले जानकारी दिनुभएकाे छ ।

काेभिड राेकथाम तथा नियन्त्रण र उपचारमा प्रयाेग हुने स्वास्थ्य सामग्री भारतीय सेनाले नेपाली सेनालाई पठाएकाे । पठाइएका स्वास्थ्य सामग्री के के हुन् भन्ने भने नेपाली सेनाले खुलाएकाे छैन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !