१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोरोनाबाट ज्यान गएका परिवारलाई किरिया खर्च

प्रकाशित मिति :  २८ जेष्ठ २०७८, शुक्रबार ०४:१२


कञ्चनपुर । बेलौरी नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गएका परिवारलाई किरिया खर्चवापत १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले कोरानाबाट ज्यान गएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको नगर प्रवक्ता विनोद नेपालीले बताउनुभयो । ‘कोरोना संक्रमणबाट ज्यान गुमाउनुभएका सबै व्यक्तिका परिवारलाई किरिया खर्च दिने निर्णय गरिएको छ’, उहाँले भन्नुभयो, ‘केही दिनभित्रै खर्च दिन सुरु गर्छौँ ।’ कोरोनाका कारण नगरपालिकाका १४ जनाको उपचारका क्रममा ज्यान गएको छ । पाँच सय बढी व्यक्ति कोरोना संक्रमित भएका छन् ।

नगरपालिकाले कुण्डास्थित कोभिड अस्पतालमा उपचारपछि घर फर्किने बासिन्दालाई पनि पोषिलो खाना पनि उपलब्ध गराउने भएको छ । त्यसका लागि दुई हजार बराबरको पोषणयुक्त खानाका सामान उपलब्ध गराउने कार्यपालिकाबाट निर्णय गरिएको छ । कोभिड सङ्क्रमित बालबालिकाको उपचारका लागि भवन बनाउने निर्णय पनि गरिएको छ ।

बेलौरीमा दुई बालबालिकामा कोरोना संक्रमण देखिएको छ । दुवै जना १५ र १६ वर्षका छन् । बालबालिकामा कोरोना संक्रमण फैलिने सक्ने सम्भावनालाई मध्यनजर गरी भवन बनाउन लागिएको हो । त्यस्तै नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरलाई रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

कार्यपालिका बैठकबाट रक्त सञ्चार केन्द्रका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !